Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट आयात हुने सामानमा कर लगाउने बताउनु भएको छ । ह्वाइट हाउसका प्रवक्ताले कर बापत उठेको राजश्वबाट मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउने बताएको विविसीले जनाएको छ ।

मेक्सिकोका राष्ट्रपति एनरिक पेना निएटोको अमेरिका भ्रमण रद्द भएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिकोबाट आयात हुने सामानको कर तिर्नु पर्ने बताउनुभएको हो । ट्रम्पले सीमा क्षेत्रमा लगाउने पर्खालको खर्च मेक्सिकोले पनि व्यहार्नु पर्ने बताएपछि मेक्सिकोका राष्ट्रपतिले अमेरिकाको भ्रमण रद्द गर्नुभएको छ ।

मेक्सिकोबाट आयात गरिने सामानमा २० प्रतिशत कर लगाउने र यसले वर्षमा झण्डै दश अर्ब डलर राजश्व उठ्ने ह्वाइट हाउसले जनाएको छ । – एजेन्सी

तपाईको प्रतिक्रिया