Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

एजेन्सी – एक अष्ट्रेलियन मोडलले विरोध गर्ने नाममा आफ्नै स्तनलाई आगो झोसेकी छिन् । अष्ट्रेलियन मोडल इमोगेन एन्थोनीले यो हर्कत गरेकी हुन् । खासमा उनी ‘फ्री द निप्पल क्याम्पेन’ (केटीहरुले आफ्नो स्तनको मुन्टो सार्वजनिक रुपमा देखाउन पाउनुपर्ने मागका साथ सुरु भएको विश्वव्यापी अभियान) की एक अभियन्ता हुन् । 

यहाँ उनको विरोध चाहिँ फोटो पोष्ट गर्न सकिने सामाजिक सञ्जाल इन्स्टाग्रामविरुद्ध लक्षित रहेछ । इन्स्टाग्रामको नीतिअनुसार केटी मान्छेले आफ्नो ‘निप्पल’ देखाएको तस्वीर यसमा पोष्ट गर्न पाउँदैनन् । यसलाई ‘ग्राफिक कन्टेन्ट’ को दर्जामा राखिन्छ । जबकि पुरुषलाई भने निप्पल देखाउन छुट छ । एन्थोनीले इन्स्टाग्रामको यो नियम विभेदाकारी भएको र महिलाहरुको स्वतन्त्रतामा बन्देज लगाएको भन्दै विरोध गरेकी हुन् ।

लाइटरको आगो आफ्नो निप्पलमा झोसिरहेको तस्बिर उनले अघिल्लो रात इन्टाग्राममा पोष्ट गरेकी छिन् । सो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । एन्थोनी यसअघि फ्री द निप्पल अभियानमा सामेल थिइन् । गत वर्ष उनले इन्स्टाग्राममा एउटा नांगो सेल्फी पोष्ट गरेकी थिइन् र साथमा एउटा ब्लग पनि लेखेकी थिइन् । ब्लगमा उनले लेखेकी थिइन्, ‘म आशा गर्छु कि भविष्यमा केटीहरुको स्तन जस्तो स्वच्छ र सरल चिजलाई सार्वजनिक रुपमा प्रदर्शन गर्दा आपत्तिजनक मानिने छैन र त्यस्ता केटीहरुलाई बेश्या, भालु वा अन्य अपमानजनक शब्दले पुकारिने छैन ।

साथै केटीहरुको संवेदनशीलता, यौनिकता र शारीरिक सुन्दरतालाई सर्वत्र स्वीकार्य रुपमा लिइनेछ ।’ सन् २०१५ पनि उनले फ्री द निप्पल ह्यास ट्याग राखेर एउटा लगभग नग्न फोटो पोष्ट गरेकी थिइन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया