Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले संसदमा दर्ता भएको संविधान संशोधन विद्येयक काम नलाग्ने भएको टिप्पणी गर्नुभएको छ ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै संयोजक यादवले भन्नुभयो,‘संशोधन विद्येयक काम नलाग्ने छ, यो पारित गरेपनि वा नगरेपनि काम लाग्ने छैन, यसले समस्याको निकास दिँदैन् ।

यादवले संसदमा दर्ता भएको विद्येयक पास फेल जे भएपनि केही नहुने प्रतिक्रिया दिनुभयो । संघीय समाजवादी फोरम नेपालका समेत अध्यक्ष रहेका संयोजक यादवले अहिले आँफैले बनाएको संविधान आँफै उल्लंघन गर्ने काम भैरहेको समेत आरोप लगाउनुभयो ।

साथै उहाँले संविधान संशोधनले नै मुलुकले निकास पाउने भएकोले यसमा एमाले बाधक बन्न नहुने जिकिर समेत गर्नुभयो ।
फरक प्रसँगमा उहाँले नेपाल–भारत सम्बन्ध जति राम्रो भयो त्यति नै दुवै मुलुकको लागि हित हुने समेत स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया