Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

बैतडी – राणाकालमा स्थापना भएको बैतडीको दुर्गम तल्लोस्वराड स्थित मणिलेक माविमा विद्यार्थीका लागी कक्षाकोठा अभाव हुँदा पठनपाठनमा समस्या भएको छ ।

विसं २००४ मा स्थापना भएको उक्त विद्यालयमा हाल विद्यार्थीको चाप बढेकाले यस्तो समस्या आएको हो । करिब १८० विद्यार्थी एउटै कोठामा बसेर पढ्नुपर्ने बाध्यता रहेको कक्षा ११ मा अध्ययनरत छात्रा सरस्वती पोखरेलले बताउनुभयो ।

एउटै कोठामा विद्यार्थीको चाप अत्यधिक भएकाले पछाडि बस्नेले पढाएको नसुन्ने खाली हल्ला मात्रै हुन्छ उहाँले भन्नुभयो ,छात्रा पोखरेलले भन्नुभयो “ठूलो कोठामा पढाइ हुने भएकाले आवाज थर्किएर आउने हुँदा बुझिदैन ।”

कक्षा ६ देखि नै विद्यार्थीको चाप बढी भए पनि विशेष गरी कक्षा ११ र १२ का विद्यार्थीलाई पठनपाठनमा समस्या भएको विद्यालयका प्रधानाध्यापक देवदत्त कलौनीले जानकारी दिनुभयो ।

कक्षा ६ देखि १० सम्म दुई÷दुई समूह बनाई पठनपाठन भइरहेको छ, कक्षा ११ र १२ मा दुई÷दुई समूह बनाउन कक्षाकोठाको अभाव छ । हाल कक्षा ११ र १२ मा गरी २५० विद्यार्थी छन् प्रधानाध्यापक कलौनीले भन्नुभयो “जिल्ला शिक्षा कार्यालयमा पटकपटक भवनका लागि माग गरेपनि कुनै चासो देखाएन ।”

विद्यालयसँग आर्थिक अभाव हुँदा भवन निर्माण गर्न नसकिएको बताउँदै उहाँले भन्नुभयो “१५० विद्यार्थीलाई एउटै कोठामा पठनपाठन गराउँदा समस्या हुने गरेको छ ।”

मेलौली गाविससँग आर्थिक सहयोग मागेकामा छिट्टै टिनको टहरा बनाएर पठनपाठन गराउने तयारी भइरहेको प्रधानाध्यापक कलौनीले जानकारी दिनुभयो । कक्षा १० मा गत सालदेखि अक्षराङ्क प्रणालीबाट परीक्षाफल प्रकाशित गरेसँगै कक्षा ११ मा विद्यार्थीको सङ्ख्या ह्वात्तै बढेको हो ।

तपाईको प्रतिक्रिया