Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – अमेरिकी भेनस विलियम्स अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छन् । बिहीबार बिहान भएको सेमिफाइनलमा अमेरिकाकै कोको वान्डेवेघेलाई हराएर फाइनलमा स्थान बनाएकी हुन् ।

भेनसले वान्डेवेघेलाई ६–७, ६–२ र ६–३ को सेटमा हराएकी हुन् । भेनस ८ वर्षपछि पहिलो पटक अस्ट्रेलियन ओपनको फाइनलमा पुगेकी हुन् । १३ औं बरियताकी भेनसले अब फाइनलमा बहिनी सेरेना विलियम्ससँग खेल्ने सम्भावना छ ।

सेरेनाले सेमिफाइनलमा मिरजाना लुसिस–बारोनीसँग खेल्ने छिन् । १४ वर्षअघि भेनसले अस्ट्रेलियन ओपनको फाइनलमा बहिनी सेरेनालाई हराएकी थिइन् ।

तपाईको प्रतिक्रिया