Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – भारतले आज आफ्नो ६८ औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।

गणतन्त्र दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूतावासले समेत विभिन्न कार्यक्रम गरेको छ । दूतावासभित्रै गरिएको कार्यक्रममा भारत सरकारले नेपालका विभिन्न जिल्लाका अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई २० वटा एम्बुलेन्स र ४ वटा बस उपहार प्रदान गरेको छ ।

त्यसैगरी विभिन्न पुस्तकालयलाई पुस्तकसमेत प्रदान गरेको छ । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रणजीत रायले भारतको झण्डा फहराई भारतका राष्ट्रपति प्रणव मुखर्जीले गणतन्त्र दिवसका अवसरमा दिएको सन्देश पढेर सुनाउनुभएको थियो ।

भारतीय राष्ट्रपति मुखर्जीले दिएको सन्देशमा भारत र नेपालका जनताको आपसी मित्रता अझ बलियो हुने विश्वास व्यक्त गर्दै नेपालमा दीगो शान्ति, स्थायित्वमा जोड दिनुभएको छ ।

कार्यक्रममा भारतीय सेनाका भूपू सैनिकका विधवा तथा शारीरिक रुपले अशक्त भूपू सैनिकलाई आर्थिक सहयोगसमेत गरिएको थियो । भारतले हालसम्म नेपालका ७३ जिल्लाका विभिन्न संघसंस्थालाई ६ सय २ वटा एम्बुलेन्स, १ सय १८ वटा बस प्रदान गरिसकेको जनाएको छ ।

तपाईको प्रतिक्रिया