Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – माइती नेपालकी संस्थापक अनुराधा कोइरालालाई भारत सरकारले पद्मश्री सम्मान प्रदान गर्ने घोषणा गरेको छ । काठमाडौंस्थित भारतीय दूतावासले आफ्नो ट्वीटर एकाउण्ट मार्फत कोइरालालाई बधाई पनि दिएको छ । 

पद्मश्री भारत सरकारले आफ्नो मुलुकका र बाहिरका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनेहरुलाई प्रदान गर्ने सम्मान हो । उदाहरणीय सामाजिक कार्य गरे बापत २०१७ को पद्मश्री पाउने अनुराधा एक्ली विदेशी हुन् ।

कोइरालाले लामो समयदेखि माइती नेपाल मार्फत नेपालबाट भारतमा बेचिएका महिला र बालबालिकाहरुको उद्धार र संरक्षणमा काम गर्दै आउनुभएको छ । यसअघि उहाँ २०६८ सालमा सीएनएन हिरो घोषित हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया