Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – व्यवस्थापिका संसदले निर्वाचनसम्वन्धी महत्वपूर्ण दुईओटा विधेयक पारित गरेको छ ।

संसदको बुधबार बसेको बैठकले मतदाता नामावलीसम्बन्धी विधेयक २०७३ र निर्वाचन आयोग विधेयक २०७३ लाई सर्वसम्मतले पारित गरेको हो ।

संसदको राज्य व्यवस्था समितिले तयार पारेको प्रतिवेदनसहितको विधेयक केही दिनअघि बसेको संसद बैठकमा पेस गरिएको थियो । यी दुबै विधेयक पारित भएपछि अब निर्वाचनसम्बन्धी तीनओटा महत्वपूर्ण विधेयक संसदमा विचाराधीन छन् ।

यी विधेयकसमेत पारित भइसकेपछि निर्वाचन गर्न सहज हुनेछ । संसदको अर्को बैठक शुक्रबार १ बजे पुनः बस्नेछ ।

तपाईको प्रतिक्रिया