Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले विमानस्थलमा भारतीय मार्सल सुरक्षा राख्नु नेपालको हितमा नहुने बताउनुभएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो, ‘संविधानको सफल कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन सबैभन्दा पहिलो आवश्यकता रहेको छ ।’

अध्यक्ष बिजुक्छेंले ठूला दलको खर्च र विगतका आपराधिक चरित्र भएकालाई रोक लगाउन थ्रेस होल्ड आवश्यक रहेको बताउँदै स्थानीय तहको निर्वाचनका बारे सरकारले मुखले मात्र बोलेको तर व्यवहारमा कुनै तयारी नगरेको भन्नुभयो ।

धर्मका नाममा जातजाति, भाषाभाषी र क्षेत्रका नाममा दल खोल्न नहुने भएपनि देशलाई जुन÷जुन विषयले घाटा पुग्छ, त्यहीँ काम अर्कैको इशारामा गर्दा देश नै टुक्रिने अवस्थामा आइपुगेको बताउँदै उहाँले संविधान संशोधनको विषयलाई अल्झाउन समेत निर्वाचनको विषयलाई बोलीमा मात्रै व्यापकता दिएको धारणा व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया