Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – नेपालका लागि भारतीय राजदुत रञ्जित रायले नेपालको आन्तरिक राजनीतिक मामिलामा भारतले कहिल्यैपनि हस्तक्षेप नगरेको स्पष्ट पार्नुभएको छ ।

रिपोटर्स क्लव नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले नेपाल–भारत द्धिपक्षीय सम्बन्धलाई थप मजबुद र आगामी दिनमा आर्थिक साझेदारीमा केन्द्रित रहेर अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘भारतले नेपालको आन्तरिक मामिलामा कहिल्यैपनि हस्तक्षेप गरेको छैन, यो कुरा नेपालीहरुको मनमा पनि छैन, हस्तक्षेप गरेर भारतलाई के फाईदा हुन्छ ?’

राजदुत रायले नेपालमा अस्थिरता भए भारतलाई के फाईदा हुन्छ भन्दै उल्टै प्रश्न समेत तेर्साउनुभयो । उहाँले नेपाललाई फाईदा नहुने कुराले भारतलाई पनि फाईदा नहुने बताउनुभयो ।

यद्धपी रे ले भारतले नेपालको हरेक परिवर्तनको पक्षमा साथ दिएको ईतिहास सुनाउनुभयो । उले हुलाकी राजमार्ग र उर्जाको परियोजना सम्पन्न भएपछि विकासको आधार तय हुने विश्वास व्यक्त पनि गर्नुभयो ।

तपाईको प्रतिक्रिया