Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

पाल्पा  – जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएको छ ।

कृषिलाई व्यवसायीकरण गरी उत्पादन बढाउने उद्देश्यले सो परियोजना सुरु भएको हो । परियोजनाअन्तर्गत जिल्लामा दुईवटा केन्द्र र २५ वटा पकेटक्षेत्र छनोट गरिएको छ ।

केन्द्र अन्तर्गत मकैको बीउ उत्पादन र अदुवाखेती छनोटमा परेका छन्, भने पकेटक्षेत्र अन्तर्गत तरकारी, सुन्तला, धान, मकै, अदुवा, कोदो, लिची छनोट गरी कार्यक्रम सुरु गरिएको छ ।

दुईवटा केन्द्र मकैको बीउ उत्पादन र अदुवाखेतीका लागि रु एक करोड १३ हजार र २५ वटा पकेटक्षेत्रमा सञ्चालन हुने तरकारी, सुन्तला, धान, मकै, अदुवा, कोदो, लिचीका लागि रु ७५ लाख १३ हजार बजेट रकम प्राप्त भएको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत कफिल अहमदले जानकारी दिनुभयो । यस परियोजनाबाट जिल्लाका करिब दुई हजार कृषक लाभान्वित हुने छन् ।

कार्यालयले तानसेन नगरपालिकामा मकैखेती, आर्यभन्ज्याङ कृषि सेवा केन्द्रअन्तर्गत तरकारी र सुन्तला खेती, छहरा कृषि सेवा केन्द्रअन्तर्गत तरकारी, धान र सुन्तलाखेती, कृषिसेवा केन्द्र रामपुरअन्तर्गत मकै, अदुवा, धान र कोदो, रिङनेहर कृषि सेवा केन्द्रअन्तर्गत अदुवाखेती, खस्यौली कृषिसेवा केन्द्रअन्तर्गत मकै, अदुवा, तरकारी र सुन्तलाखेती, मदनपोखरा कृषि सेवा केन्द्रअन्तर्गत धानखेती, कृषि सम्पर्क केन्द्र दोभानमार्फत तरकारीखेती र हुँगी सम्पर्क केन्द्रअन्तर्गत लिचीखेती छनोटमा परेको बागबानी विकास अधिकृत निशा कँडेलले जानकारी दिनुभयो ।

कृषि समूह र कृषि सहकारी संस्थामार्फत सञ्चालन हुने आयोजनामार्फत कृषि यान्त्रिकरण, पूर्वाधार विकास, व्यवसायीकरण र प्रवद्र्धनमा सघाउ पुग्ने कार्यक्रम गरिने भएको छ । सो कार्यक्रम सञ्चालनका लागि किसान समिति गठन गरेर कृषि विकास कार्यालयले जिम्मेवारी दिएको छ ।

तपाईको प्रतिक्रिया