Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

पाल्पा – महिला तथा बालबालिका कार्यालय पाल्पाले झुपडीमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेको छ ।

गरिबीको चपेटामा आफन्तको बेसाहारामा बाँचेका चापपानी गाविस–९ का अपाङ ५० वर्षीय बमबहादुर घर्तीको झुपडीमा पुगेर कार्यालय प्रमुख तुलसा अर्यालले अपाङ्गता परिचयपत्र प्रदान गर्नुभयो ।

परिचयपत्र प्रदान गर्दै अधिकृत अर्यालले परिचयपत्र पाउनुपर्ने व्यक्तिलाई यसरी घरमै आएर परिचयपत्र प्रदान गर्न पाउँदा आफूलाई पनि खुसी लागेको बताउनुभयो ।

अपाङ्गता परिचयपत्र पाएपछि घर्तीले खुसी व्यक्त गर्नुभयो । दुईवर्ष अगाडिदेखि पक्षघात रोगले ग्रसित बन्नुभएका घर्तीको आफन्त कोही छैनन् । उहाँ गाउँको झुपडीमा एक्लै बस्दै आउनुभएको छ ।

उहाँले अपाङ्गता परिचयपत्र नबेका कारण सरकारी सेवा सुविधाबाट वन्चित हुनुभएको छ । इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाको पहलमा घर्तीले अपाङ्गता परिचयपत्र पाउनुभएको हो । अब घर्तीले मासिक अपाङ्गता भत्ताबापत रु दुई हजार रकम पाउने गाविस सचिव मनिसा रोकाहाले बताउनुभयो ।

परिचयपत्र पाएपछि उहाँले भन्नुभयो, “मैले न्याय पाए, पक्षघातका कारण दुई वर्ष अघिदेखि देबे्र तर्फको भाग चल्न छोडेपछि म बेसाहारा भएर झुपडीमा बाँचिरहेको छु” ।

तपाईको प्रतिक्रिया