Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – विश्व नम्बर दुई अमेरिकी सेरेना विलियम्स अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् । बुधबार बिहान भएको क्वाटरफाइनलमा नवौं बरियताकी बेलायती जोहन्ना कोन्टालाई हराएर ६ पटककी विजेता विलियम्सले अन्तिम चारमा स्थान बनाएकी हुन् ।

सेरेनाले कोन्टालाई ६–२ र ६–३ को सेटमा हराएकी हुन् । विलियम्सले फाइनल प्रवेशका लागि क्रोएसियाकी मिर्जाना लुसिस–बारोनीसँग खेल्ने छिन् ।बरियता बिहीन मिर्जानाले पाँचौं बरियताकी कारोलिना प्लिसोक्वालाई ६–४, ३–६ र ६–४ को सेटमा हराएर अन्तिम चारमा स्थान बनाएकी हुन् ।

तपाईको प्रतिक्रिया