Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – ब्यवस्थापिका संसदमा आज निर्वाचनसँग सम्बन्धित दुईवटा विधेयक पेश भएका छन् । राज्य ब्यवस्था समितिले पारित गरेका निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार तथा मतदाता नामावलीसम्बन्धी विधेयक संसदमा पेश गरिएको हो ।

विधेयक पेश भएसंगै संसद बैठक भोली अपरान्ह २ बजेसम्मका लागी स्थगित भएको छ । संविधान जारी भएको झण्डै १६ महिनापछि संसदले निर्वाचनसँग सम्बन्धित विधेयक पारित गर्ने तयारी गरेको हो । सरकारले निर्वाचनसंग सम्बन्धित ५ वटा विधेयक संसदमा दर्ता गरेको थियो । ती मध्ये बाँकि ३ वटा विधेयकमा राज्यव्यबस्था समिति अन्र्तगतको उपसमितिमा छलफल चलिरहेको छ ।

उपसमितिमा राजनीतिक दल सम्बन्धी विधेयकमा आज थप छलफल भएपनि सहमति जुट्न सकेन । थ्रेस होल्ड राख्ने नराख्ने र एउटै निर्वाचन चिन्हका आधारमा धेरै दलले चुनाव लड्न पाउने नपाउने बिषयमा उपसमितिमा सहमति जुट्न सकेको छैन ।

तपाईको प्रतिक्रिया