Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौँ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले सरकार एक वर्षभित्र तीनवटै तहको निर्वाचन गरिसक्ने तयारीमा अगाडि बढेको बताउनुभएको छ ।

नेपालको औपचारिक भ्रमणमा रहनुभएका बेलायतका लर्ड मेयर सिटी अफ लन्डन डा एन्ड्रयु पार्मलीसँगको आजको भेटमा उहाँले संविधानको कार्यान्वयनका क्रममा निर्वाचनलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउनुभयो ।

अर्थमन्त्री महरा र पार्मलीबीच नेपाल र बेलायतबीच रहँदै आएको आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको अर्थमन्त्रीका प्रेस संयोजक त्रिभुवन पौडेलले जानकारी दिनुभयो ।

सो अवसरमा अर्थमन्त्री महराले बेलायत सरकारबाट रहँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहयोगलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।

जवाफमा लर्ड मेयरले नेपालको सद्भावप्रति आभार व्यक्त गर्दै संविधान कार्यान्वयन गर्दै शान्तिप्रक्रिया टुङ्ग्याउनका लागि बेलायत सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया