Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं– शहीदको सम्झनामा सोमबारदेखि शहीद सप्ताह सुरु भएको छ । सरकारले २०१२ सालदेखि हरेक वर्ष शहीदको सम्मानमा शहीद सप्ताह कार्यक्रम गर्दै आएको छ ।

राणा शासनको विरोध गरेर प्रजातन्त्रका पक्षमा एकजुट गराएको आरोपमा तत्कालिन राणा सरकारले विक्रम सम्वत् १९९७ मा  शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिएको थियो ।

शहीद शुक्रराज शास्त्रीलाई टेकुको पचलीमा माघ १० गते, धर्मभक्त माथेमालाई सिफलमा १३ गते र १५ गते गगांलाल श्रेष्ठ तथा दशरथ चन्दको शालिकमा रहेको शोभा भगवती पुगेर श्रद्धाञ्जलि दिने कार्यक्रम छ ।

यस्तै माघ १६ गते शहीद दिवसका दिन विभिन्न कार्यक्रमको आयोजना गरी शहीदको सम्झनामा विशेष कार्यक्रम हुनेछ  ।

तपाईको प्रतिक्रिया