Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

पोखरा – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेको संविधान संशोधनको प्रस्ताव राष्ट्रहित विपरीत भएको बताउनुभएको छ ।

नेकपा एमाले केन्द्रीय मोर्चा सङ्गठनको आयोजनामा आजदेखि पोखरामा सुरु तीनदिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले संविधान संशोधनका लागि सारिएका चारवटै बुँदा राष्ट्र एवम् जनताका लागि आवश्यक नभएको बताउनुभयो । पहाड एवम् तराईलाई छुट्याउने, राष्ट्रिय एकता एवम् राष्ट्रिय अखण्डतालाई कमजोर बनाउने षड्यन्त्र भइरहेको बताउँदै उहाँले त्यसबाट देशलाई जोगाउन एमाले सक्रियताका साथ लागेको धारणा राख्नुभयो ।

संविधानको कार्यान्वयनका लागि देशमा निर्वाचन हुनुपर्ने भए पनि वर्तमान सरकारले यस विषयलाई आफ्नो प्राथमिकतामा नराखी अन्य कुरामा अल्मलिएको अध्यक्ष ओलीको भनाइ थियो । देशका विद्यमान चुनौतीलाई पार लगाउने शक्ति एमालेमा रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

कार्यक्रममा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परिवर्तनको मोडमा देश बढिरहेको बताउँदै प्राप्त उपलब्धिलाई संस्थागत गर्नु प्रमुख जिम्मेवारी भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया