Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई कालोमोसो दल्नेहरुलाई सम्मान गरेको छ । 

ठूला भ्रष्टलाई कारबाहीको सुरुवात गरेको उल्लेख गर्दै माओवादीले चन्द्रबहादुर बुढा, प्रकाश शाही र विपेन्द्र गौतमलाई सम्मान गरेको हो । बुढा, शाही र गौतमले तत्कालीन अख्तियार प्रमुख कार्कीलाई गत पुस ७ गते सर्वोच्च अदालतको परिसरमै कालोमोसो दलेका थिए ।

उनीहरु चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता समेत हुन् । कार्यक्रममा पार्टीका महासचिव चन्दले भ्रष्टलाई कारबाही गरेकोले सम्मान गरिएको पष्ट पार्नुभयो । उहाँले भ्रष्टलाई कारबाही गर्नेहरुलाई सरकारले सम्मानको साटो कारबाही गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

कार्कीलाई कालोमोसो दल्ने बुढा, शाही र गौतम तीनै जनालाई एक महिना हिरासतमा राखिएको थियो ।

तपाईको प्रतिक्रिया