Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

भक्तपुर – भक्तपुरका ६ वटा नगरपालिकाका भूकम्पपीडितलाई सोमबारदेखि पहिलो किस्ताको अनुदान रकम ५० हजार रुपैयाँ वितरण गरिने भएको छ ।

जिल्लाका १८ हजार भूकम्पपीडितका लागि सरकारले पठाएको ९० करोड रुपैयाँ रकम तोकिएको बैंकमार्फत सोमबारबाट वितरण कार्य सुरु हुने भक्तपुरका स्थानीय विकास अधिकारी धु्रबप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

सरकारले निकासा गरेको रकम कोष तथा लेखा नियन्त्रण कार्यालयले सम्बन्धीत बैंकहरुमा पठाइसकेको जानकारी दिँदै उहाँले भन्नुभयो ‘कोष तथा लेखा नियन्त्रण कार्यालयले बैंकहरुमा पठाएको रकमको आज चेक क्लिरियन्स गरेपछि अधिकांश बैंकहरुले भोलिदेखि लाभग्राहीलाई पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ रकम वितरण गर्ने थाल्ने छन् ।’

चेक क्लिरियन्स गर्न केही समय लाग्ने बैंकहरुमा भने थप एक दुई दिन पछि वितरण हुने उहाँको भनाई थियो । अन्य जिल्लाका भूकम्पपीडितलाई सरकारले दोश्रो किस्ताको अनुदान रकम वितरण सुरु गरेपनि भक्तपुरका लाभग्राहीले भने निजी आवास पुनर्निर्माणका लागि भूकम्पको २० महिनापछि अनुदान रकम पाउन लागेका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भक्तपुरमा प्रमाणित गरी पठाएका २६ हजार १६ भूकम्पपीडित मध्ये हालसम्म २० हजार १ सय ५० भूकम्पपीडितसँग नगरपालिकाले पहिलो किस्ताको अनुदान रकमका लागि सम्झौता गरेको छ ।

तपाईको प्रतिक्रिया