Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौँ – पेटसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना हुुनुभएका पूर्वराष्ट्रपति डा रामवरण यादव अझै केही दिन अस्पताल नै बस्नुपर्ने भएको छ ।

उहाँको स्वास्थ्य अवस्था सामान्य बन्दै गए पनि उपचारमा संलग्न चिकित्सकले दुई तीन अझै चिकित्सकको निगरानीमा बस्नुपर्ने सुझाव दिएका छन् । उहाँ पेटसम्बन्धी समस्या भएपछि बिहीबार महाराजगन्जस्थित त्रिवि शिक्षण महाराजगन्जमा अस्पतालमा भर्ना हुनुभएको थियो ।

उहाँका छोरा डा चन्द्रमोहन यादवले विभिन्न परीक्षणपछि आएको प्रतिवेदन सामान्य देखिए पनि चिकित्सकको निरीक्षणमा राखी घर लैजाने जानकारी दिनुभयो । उहाँको स्वास्थ्य परीक्षणमा वरिष्ठ चिकित्सक प्रेम खड्काको समूह संलग्न छ ।

तपाईको प्रतिक्रिया