Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – नेकपा एमालेको जनवर्गीय सङ्गठनहरूको राष्ट्रिय भेला एवम् प्रशिक्षण पोखरामा सुरु हुँदैछ । तीन दिनसम्म चल्ने भेलाको एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार उद्घाटन गर्दै हुनुहुन्छ ।

वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, सचिवहरू पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश भट्टराई र केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले प्रशिक्षण दिने कार्यक्रम छ ।

भेलामा प्रेस चौतारी, अनेरास्ववियु, अखिल नेपाल महिला सङ्घ, किसान महासङ्घ, जिफन्टलगायतका विभिन्न २२ वटा एमाले आबद्ध घटक सङ्ठनका झण्डै ३ सय ५० जना पदाधिकारीको सहभागिता रहने एमालेले जनाएको छ । भेलामा संविधान कार्यान्वयन र समसामयिक राजनीतिका विषयमा छलफल हुने एमालेले जनाएको छ ।

तपाईको प्रतिक्रिया