Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

झापा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–१ स्थित जुके कल्भर्ट सडक खण्डमा शनिबार भएको गाडी दुर्घटनामा परि एक व्यक्तिको ज्यान गएको छ । अर्का एक जना महिला गम्भीर घाइते भएकी छिन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार ना ७ ख ३८९ नम्बरको  बसले मे १ ह १९ नम्बरको ‘इ’ रिक्सालाई ठक्कर दिँदा इरिक्सा चालक कनकाई नगरपालिका– ८ निवासी ६२ वर्षे लक्ष्मण मगरको ज्यान गएको हो ।

बसको ठक्करबाट इरिक्सामा सवार मगरकी श्रीमती ५५ वर्षे इन्दिरा मगर गम्भीर घाइते हुनुभएको छ । उहाँको विर्तामोडस्थित विएन्डसी हस्पिटलमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया