Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काभ्रे – घर्तिछाप–८ गोलटार भन्ने ठाउँमा बोलेरो जीप दुर्घटनामा परेको छ ।  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला सचिव इन्द्रबहादुर थिङ ’छिन्ताङ’, चर्चित कलाकार बिश्व दोङ तथा कृषि कार्यलय काभ्रेका कर्मचारी चढेको बोलेरो जीप दुर्घटनामा परेको हो ।

दुर्घटनाका घाइतेहरुको हेलिकोप्टरबाट उद्दार गरी काठमान्डौको बीर हस्पिटलमा उपचार गराईरहेको छ । दुर्घटनामा थिङ सहित कलाकारहरु विश्व दोङ, प्रयास दोङ,जितु लोप्चन, जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमुख दुर्गा प्रसाद पण्डित र चालक तिलक बस्नेत गम्भीर घाइते भएका छन् ।

काभ्रे सदरमुकामदेखि टाढा पर्ने सो क्षेत्रमा घाइतेको तत्काल उद्दारका लागि कानुन मन्त्री अजय शंकर नायक र नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य सूर्यमान दोङले प्रधानमन्त्रीलाई आग्रह गरे पश्चात सो ठाउमा हेलिकोप्टर पठाइएको काभ्रेबाट पत्रकार उजाड़ रक्तिम र बुद्ध लोप्चनले जानकारी दिनुभयो ।

दुर्घटनामा वाईसियल केंद्रीय सचिब मिम बहादुर वाईबा ’ज्वाला’,हास्य कलाकार गणेश केसी, कलाकार भगवान खत्री र अनिल श्रेष्ठ पनि घाइते भएका छन् । दुर्घटनामा पर्नु भएका थिङ भूतपुर्ब राष्ट्रिय खेलकूद परिषदको कोषाध्यक्ष र माओवादी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाका महासचिव पनि हुनुहुन्छ ।

साथै बिश्व दोङ नेपाल तामाङ कलाकार संघको सचिब र अहिलेको तामाङ समुदाय कै चर्चित गायक तथा संगीतकार समेत हुनुहुन्छ भने प्रयास दोङ र जितु लोप्चन उदाँउदो नब गायक अनि गायिका हुन । उहाँहरु सबै जना बुधबार काभ्रेको डाँडापारि भएको २८५३ औ सोनाम ल्होछार सांस्कृतिक कार्यक्रममा सहभागी भएर गोकुलेबाट बनेपा फर्किदै गर्दा उक्त दुर्घट्नामा पर्नुभएको हो ।

तपाईको प्रतिक्रिया