Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

चितवन – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनपछि सरकार परिवर्तन हुने बताउनुभएको छ । प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले चैतमा नै सरकार परिवर्तन हुँदैन भन्नुभयो ।

व्यवस्थापिका–संसदमा निर्वाचन विधेयक पारित भएपछि संविधान संशोधनको प्रस्तावमाथि छलफल अघि बढ्ने छ भन्दै उहाँले निर्वाचन विधेयक पारित गर्न ढिलाइ भएकाले निर्वाचनसमेत ढिलो भएको स्पष्ट गर्नुभयो ।

पत्रकारका प्रश्नमा नेता देउवाले संविधान संशोधनमाथि अब हुने छलफलमा विपक्षी दलले अवरोध नगर्ने विश्वास व्यक्त गर्नुभयो । आजको एक वर्ष्भित्र तीनै तहको निर्वाचन गर्नुपर्छ भन्दै उहाँले सङ्घीय गणतान्त्रिक लोकतान्त्रिक संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य रहेको बताउनुभयो ।

मधेसी जनताको भावनालाई कदर गर्दै संविधान संशोधन प्रस्ताव पेस गरिएको बताउँदै उहाँले सबैका मागलाई सम्बोधन गर्न नसके संविधान कार्यान्वयन जटिल बन्ने आशङ्का व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया