Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले शुक्रबार (आज) पद तथा गोपनियताको सपथ लिदै हुनुहुन्छ । सपथ पछि उहाँले आजैदेखि जिम्मेवारीसमेत सम्हानुहुनेछ ।

शपथका लागि ह्वाइट हाउसमा भव्य तयारी भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उक्त भव्य समारोहमा ट्रम्पले राष्ट्रपतिको शपथ लिनुहुनेछ । गत नोभेम्बरमा भएको चुनावमा डेमोक्यार्टिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै रिपब्लिकन ट्रम्प निर्वाचित हुनुभएको थियो । समारोहका लागि ट्रम्प ह्वाइट हाउस पुगेको न्युयोर्क टाइम्सले जनाएको छ । 

आजैदेखि राष्ट्रपति बाराक ओबामाको कार्यकाल पूरा हुँदैछ । ट्रम्प सामु विभाजित देशलाई एकताबद्ध बनाएर लैजाने चुनौती छ । चुनावी अभियानदेखि नै महिलामाथिको प्रतिक्रिया तथा विभिन्न यौनदुव्र्यवहारका आरोप तथा भिडियोका कारण ट्रम्प आलोचनको घेरामा हुनुहुन्छ । ट्रम्पले महिलाप्रति व्यक्त गर्ने विचार अपमानजनक भएको भन्दै धेरै आलोचना गर्ने गरेका छन् ।

यसैगरी चुनावका बेला रुसले गरेको ह्याकिङ र ट्रम्पलाई सहयोग गर्न चाहेको भन्ने गुप्तचर विभागको प्रतिवेदनका कारण पनि ट्रम्प आलोचनाको घेरामा हुनुहुन्छ । विश्लेषकले अमेरिका इतिहासकै विभाजित अवस्थामा रहेको बताएका छन् ।

विभाजित देशलाई एक बनाएर लैजानु ट्रम्पको चुनौती हो । तर ट्रम्पले भने देश चुनावी अभियान भन्दा पहिलेदेखि नै विभाजित रहेको बताउनुभएको छ । – एजेन्सी

तपाईको प्रतिक्रिया