Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच.डब्लु.बुस अस्पताल भर्ना हुनुभएको छ । ९२ वर्षका बुसलाई होस्टनस्थित अस्पतालमा भर्ना गरिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको र सुधार भइरहेको अस्पतालका प्रमुख जेन बेकरले जानकारी दिनुभयो । उहाँलाई अहिले अस्पताल भर्नागर्नुको कारणका बारेमा केही बताइएको छैन । पूर्वराष्ट्रपति बुसलाई यसअघि पनि पटकपटक भर्ना गरिएको थियो ।

जीवित चार जना पूर्वराष्ट्रपतिमध्ये उहाँ सबैभन्दा बढी उमेरको हुुनुहुन्छ । उहाँ सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति बन्नुभएको थियो । उहाँका छोरा जर्ज डब्लु.बुसले पनि सन् २००१ देखि २००९ सम्म राष्ट्रपतिको जिम्मेबारी सम्हाल्नुभएको थियो ।– एएफपी

तपाईको प्रतिक्रिया