Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

चितवन – नारायणगढ– मुग्लिन सडकखण्ड अन्तर्गत चण्डिभञ्ज्याङ गाविस– ५ कालिखोलाबाट गएराति त्रिशूलीमा खसेर बेपत्ता भएको ट्याङ्कर बुधबार बिहान ११ बजेतिर फेला परेको छ । ट्याङ्करभित्र सिटमा चालकसमेत मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौंबाट बारातर्फ जाँदै गरेको ना ४ ख ४१४३ नं को ट्याङ्कर राति १२ बजेतिर त्रिशूली नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत भेटिएका चालक बारा जिल्ला अमलेखगन्ज निवासी २६ वर्षे उमेश तामाङ भएको थाहा भएकोे छ । घटनास्थलबाट झण्डै एक किलोमिटर पश्चिमतर्फ नदीको बिच भागमा ट्याङ्कर फेला परेको हो ।

प्रहरी उपरीक्षक दीपक थापाका अनुसार स्टेरीङ्मा च्यापिएको अवस्थामा चालक भेटिएका हुन । पानीले ट्याङ्करको पछाडिको भागमाथि उठाएकाले फेला पान सहज भएको र ट्याङ्करलाई किनारामा तानेर हेर्दा चालक मृत भेटिएको उहाँले बताउनुभयो ।

ट्याङ्करका सहचालक अमलेखगन्जकै प्रदीप लामा भने पौडी खेलेर बाच्न सफल भएका छन् । दुर्घटनामा परी उनको खुट्टा भाँचिएको छ । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बसलाई उछिन्ने क्रममा ट्याङ्कर त्रिशूलीमा खसेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले रातिदेखि नै ट्याङ्कर र चालकको खोजीकार्य जारी राखेका थिए ।

तपाईको प्रतिक्रिया