Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – व्यवस्थापिका–संसद्को महाभियोग सिफारिस समितिले लोकमान सिंह कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त रहँदा गरेका काम कारवाहीको छानबिन गर्ने भएको छ ।

समितिको बुधबार बसेको बैठकले छानबिनका लागि ३ सदस्यीय उपसमिति गठन गरेको छ । १५ दिनको समय पाएको उपसमितिमा रामनारायण विँडारी, रेवतीरमण भण्डारी र दीपकप्रसाद कुइँकेल हुनुहुन्छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुखका रूपमा काम गर्दा कार्कीले पदीय आचरण विपरीत तथा संविधानको भावनाका विरुद्धमा काम गरेको भनी व्यवस्थापिका–संसद्का १ सय ५७ जनाले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए ।

आफूहरुले महाअभियोग प्रस्तावमा किटानी गरिएका आरोपहरु छानबिन गर्ने समितिका सदस्य भण्डारीले जानकारी दिनुभयो । सर्वोच्चले अयोग्य ठहर गरेपछि कार्की पदमुक्त भइसकेकाले समितिले अब कार्कीलाई पदमुक्त गर्ने तिर नभई कार्कीले गरेका अनियमितता तिर छानविन गर्ने निष्कर्ष निकालेको छ ।

समितिले यसअघि कानुनी क्षेत्रका उच्च सरकारी अधिकारीसँग छलफल गरेको थियो । लामो छलफलपछि सदनले प्रस्ताव अघि बढाउन महाभियोग सिफारिस समितिमा पठाएको थियो । तर जुन दिन समितिमा प्रस्ताव पुगेको थियो, त्यही दिन सर्वोच्च अदालतले कार्कीको प्रमुख आयुक्त हुन योग्यता नपुगेको निर्णय सुनाएको थियो ।

तपाईको प्रतिक्रिया