Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं– भूकम्प प्रभावितले बुधबारदेखि दोस्रो किस्ताको अनुदान रकम पाउने भएका छन् । पहिलो किस्तामा ५० हजार अनुदान लिएर घरको जग निर्माण सकेर प्राविधिक जाँच पास गराएकाहरुले दोस्रो किस्ताको रकम डेढ लाख रुपैयाँ पाउनेछन् ।

प्रक्रिया  पूरा गरेका सिन्धुली, मकवानपुर र गोरखाका भूकम्प प्रभावितलाई दोस्रो किस्ता वितरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको स्थानीय विकास मन्त्रालय अन्तरगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका उपनिर्देशक नारायण श्रेष्ठले बताउनुयो ।

प्रक्रिया पूरा गरेका भूकम्प प्रभावितलाई  दोस्रो  किस्ता बापतको रकम दिन यस अघि नै मौखिक जानकारी गराएको र आज लिखित जानकारी पनि गराइने उहाँले बताउनुभयो । लिखित जानकारी नपाए पनि यी तीन जिल्लामा दोस्रो किस्ता वितरण गर्न उहाँको आग्रह छ ।

सिन्धुलीका ७३ र मकवानपुरका २ सय भन्दा धेरै लाभग्राहीलाई दोस्रो किस्ताका लागि सिफारिस भइसकेको उहाँले जानकारी दिनुभयो ।  यी तीन जिल्लापछि भूकम्प अति प्रभावित अरु जिल्लामा पनि रकम वितरण गरिने छ ।

यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आउँदो १८ गतेभित्रै  डकर्मी र सिकर्मीको थप तालिम दिने जनाएको छ । प्राधिकरणका सहप्रवक्ता डा. भीष्म कुमार भुषालले रसुवा, ओखलढुङ्गा, मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोक जिल्लामा गरी ६५ सय जनालाई डकर्मी र १ हजार जनालाई  सिकर्मीको तालिम दिने तयारी भएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया