Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – संसद्मा चौथो शक्तिका रूपमा रहेको राष्ट्रिय प्रजतन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्षका लागि तीन नेताले आन्तरिक तयारी तीव्र बनाएका छन् । औपचारिक घोषणा नगरे पनि उनीहरूले आआफ्ना पक्षमा नेता तथा कार्यकर्ताको समर्थन जुटाउन थालेका छन् । 

यसरी आगामी महाधिवेशनका लागि अध्यक्षको आन्तरिक तयारी गर्नेमा वर्तमान अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा र नेता डा. प्रकाशचन्द्र लोहनी छन् । उक्त पार्टीका एक नेताका अनुसार यी तीनजना नेता अध्यक्षको उम्मेदवार बने थापा र राणाबीच कडा प्रतिस्पर्धा हुनेछ । तर लोहनीले निर्वाचन नलडेको खण्डमा उनले जसलाई समर्थन गर्यो त्यसको पल्ला भारी हुने स्रोतले बतायो ।

पार्टीका अर्का नेता लोकेन्द्रबहादुर चन्दको समर्थनले पनि महाधिवेशनमा अध्यक्षको उम्मेदवार हुनेलाई ठूलै भर गर्ने सम्भावना छ । तर उनले अहिलेसम्म कसैलाई पनि हरियो बत्ती देखाएका छैनन् । उक्त पार्टीको एकता महाधिवेशन आगामी फागुन ६ देखि ९ सम्म हुँदैछ । सह–महमन्त्री राजेश गिरीका अनुसार अहिले साधारण सदस्यता वितरण अन्तिम चरणमा पुगेको छ । उनका अनुसार अहिले देशभर दस लाखभन्दा माथिको संख्यामा सदस्यता वितरण भएको छ ।

तपाईको प्रतिक्रिया