Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – परराष्ट्र सचिव शङ्करदास वैरागीले नेपालको जलविद्युत् क्षेत्रमा लगानीको प्रचुर सम्भावना भएकाले लगानीका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ ।

संयुक्त अरब इमिरेटको अवुधावीमा आज आयोजित ‘एसियन कोपअपरेटिभ डाइलग’को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले दिगो, टिकाउ र प्रयोग गर्न सक्ने ऊर्जाको उपलब्धता नै दिगो विकास लक्ष्यको प्रमुख विषय भएकाले त्यसलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

स्वच्छ र दिगो ऊर्जाको विकास नेपालको मात्रै हितमा नभई समग्र क्षेत्रीय विकासमा समेत महत्व राख्ने भएकाले जलविद्युत् क्षेत्रको विकास र विस्तारमा नेपाललाई सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

सचिव वैरागीले आगामी मार्च २ र ३ तारिखमा आयोजना गरिएको लगानी सम्मेलनमा सहभागी हुनसमेत एसियन कोपअपरेटिभ डाइलगका सदस्य राष्ट्रका प्रतिनिधिलाई निमन्त्रणा दिनुभएको परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया