Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएइं) को तीनदिने भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किनुभएको छ । 

शनिबार युएइ जानुभएका प्रधानमन्त्री दाहालले सोमबार दशौं विश्व ऊर्जा सम्मेलनलाई सम्बोधन गर्दै नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको थियो । उहाँले युएइसँग आपसी हितका विषयमा कुराकानी गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी पत्नी सीता, छोरा तथा स्वकीय सचिव प्रकाश दाहाल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलगायत हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया