Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – मलेसिया सरकारले आफ्ना देशमा कार्यरत गैह्रकानूनी विदेशी कामदारका लागि अस्थायी ‘वर्कपास’ दिने घोषणा गरेको छ ।

कामदारको अभाव हुँदा उद्योग चलाउन अवरोध भएको गुनासो बढेपछि गैरकानूनी हैसियतमा रहेका कामदारलाई अस्थायी वर्क पास दिन लागिएको उपप्रधानमन्त्री अहमद जाहिद हमिदीले बताउनुभयो ।

गैरकानूनी रुपमा बसेका कामदारले अब दण्ड जरिवाना बिना केही समय वैधानिक बनेर काम गर्न सक्नेछन् । मलेसियाको अध्यागमन विभागले अस्थायी वर्क पास जारी गर्नेछ ।

तपाईको प्रतिक्रिया