Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

दोलखा –  लाकुरीडाँडा गाविस– ८ आहालेडाँडामा आज जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

काठमाडौँदेखि सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको ना १ ज ४९७८ नंको जिप दुर्घटना हुँदा गैरीमुदी गाविस– ७ विमला पाख्रिन र मोहनबहादुर तामाङ, मिर्गे– १ का साइना तामाङ, भेड्पु गाविसका सुजन लामा र उषा तामाङ तथा शैलुङ्गेश्वर– ६ विकास लामा र पवित्रा तामाङ घाइते भएका छन् ।

विपरीत दिशाबाट आउँदै गरेको बसलाई बाटो दिँदा उक्त जिप दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिनुभयो । घाइतेलाई उपचारका लागि चरिकोटस्थित सामुदायिक अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया