Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले राजनीतिक दलहरुको सहमतिमा छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मन्त्री पाण्डेले संविधानलाई आवश्यक परिमार्जन गरेर भए पनि निर्वाचनमा जाने बताउनुभयो । निर्वाचन सम्बन्धी विधेयकलाई संसद्बाट चाँडो पारित गरेर निर्वाचनको मिति घोषणा गर्न सरकार आतुर रहेको उहाँको भनाइ थियो । मनसुन सुरु हुनुभन्दा पहिले नै निर्वाचन हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले निर्वाचन समयमै हुनुपर्छ भन्ने काँग्रेसको धारणा रहेको र त्यसका लागि वातावरण निर्माण गर्न काँग्रेस दिनरात लागिरहेको बताउनुभयो । नेकपा एमालेका नेता लालबाबु पण्डितले एमालेको प्राथमिकता निर्वाचन भएकाले निर्वाचनको वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले निर्वाचनका लागि कानुन बनाउने काममा एमाले बाधक नबन्ने पनि स्पष्ट पार्नुभयो । सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले मधेसी मोर्चा निर्वाचनको पक्षमा रहेको भएपनि जबर्जस्ती निर्वाचन गर्न खोजिए आफूहरुलाई मान्य नहुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया