Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाह पहिलो पटक आज राष्ट्रपति भवन शीतल निवास जाँदै हुनुहुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाहमा निम्तो मान्न उहाँ सोमबार दिउँसो १२ बजेर शीतल निवास जानुहुने निर्मल निवास स्रोतले जनाएको छ । 

गणतन्त्र घोषणाको ८ वर्षपछि ज्ञानेन्द्रले पहिलोपटक शीतल निवास प्रवेश गर्न लाग्नुभएको हो । राष्ट्रपति आफैंले निम्ता गरेपछि ज्ञानेन्द्रले सहजै स्वीकार गरेको निर्मल स्रोतले बताएको छ । पहाडी र मधेसी घरानाबीच हुन लागेको बिहेको लागि शितल निवासमा केही दिनदेखि नै चहलपहल बढेको छ । शीतल निवासको कोशी हलमा हुने विवाह समारोहमा पूर्वराजा ज्ञानेन्द्रदेखि अरु विशिष्ट पाहुना सहभागी हुँदैछन् ।

विवाहमा दलका शीर्ष नेताहरुलाई पनि बोलाइएको छ । त्यसैले शीतल निवासमा पूर्व राजा र नेताहरुको जम्काभेट हुनेछ । पूर्वराजा ज्ञानेन्द्र जस्तै पूर्व राष्ट्रपति डा. रामवरण यादव विशिष्ट पाहुना बनेर शीतल निवास पुग्दै हुनुहुन्छ । उहाँ बेहुलाको तर्फबाट जन्ती भएर शीतल निवास पुग्नुहुनेछ । बेहुला अभिषेक यादव रामवरणका नाति हुनुहुन्छ । यसअघि स्वयंवर समारोहमा पूर्व राष्ट्रपति यादव उपस्थित हुनुभएको थिएन ।

वैवाहिक समारोह सामाजिक सुधार ऐन २०३३ भित्र रहेर गरिने शीतल निवास स्रोतले जनाएको छ । राष्ट्रपति भण्डारीले पठाउनुभएको निमन्त्रणा पत्रमा कुनै पनि नगद वा जिन्सी उपहार नल्याउन भनिएको छ ।

तपाईको प्रतिक्रिया