Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नी छोरीको विवाहमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई निम्तो पठाउनुभएको छ । 

राष्ट्रपति भवनभित्रै सोमबार सम्पन्न हुने भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीको विवाहका लागि पूर्वराजा शाहलाई सोमबार मध्यान्ह १२ बजे शीतल निवासमा बोलाइएको स्रोतले जनायो । निशा कुसुमको गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादवका नाति अभिशेष यादवसँग हुँदैछ ।

पूर्व राजपरिवारका सदस्यहरुमा विवाह लगायतका सामाजिक समारोहरुमा निम्तो आएका बेला सहभागिता जनाउने संस्कार र परम्परा रही आएको छ ।

यद्यपी ज्ञानेन्द्र यस विवाह समारोहमा जाने नजाने निश्चित नभएको स्रोतले जनायो ।

तपाईको प्रतिक्रिया