Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त अरब एमिरेट्स युएईको चारदिने भ्रमणका लागि शनिबार बेलुका आबुधाबी पुग्नुभएको छ । युएईको आबुधाबीमा आइतबारदेखि माघ ६ गते बिहीबारसम्म हुन लागेको विश्व उर्जा भविष्यबारेको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल नेतृत्वमा नेपाली टोली युएई पुग्नुभएको हो ।

नेपाली टोलीमा उर्जा मन्त्री जनार्दन शर्मासहित १३ जना सहभागी छन् । प्रधानमन्त्रीको नेतृत्वमा आबुधाबी आइपुगेको नेपाली टोलीलाई अबुधाबी विमानस्थलमा युएईका श्रम मन्त्री डा. सक्र घोबास शायद घोबासले स्वागत गर्नुभयो । विमानस्थलको विशेष कक्षमा प्रधानमन्त्रीलाई नेपाली राजदूतावास युएईका कार्यबहाक राजदूत नेत्र टंडन, द्वितिय सचिव कृष्ण अर्याल, श्रम काउन्सिलर भेषबहादुर कार्की लगायत दूतावासका अधिकारी, एनआरएन युएईका अध्यक्ष सुदिप कार्की, जनप्रगतिशिल मञ्च युएईका अध्यक्ष हेमन्त पौडेल लगायतले विशेष स्वागत गर्नुभएको थियो ।

युएईको चार दिने भ्रमणमा प्रधानमन्त्री दाहालले युएईका युवराज शेख मोहम्मद बिन जायद बिन सुल्तान अल नह्यान, प्रधानमन्त्री शेख मोहमद विन रसिद अल मक्तुम लगायत उच्च अधिकारीसँग भेटवार्ता गर्नु हुनेछ ।  
प्रधानमन्त्री दाहालको भ्रमण तालिका यस्तो छ : 

माघ १ शनिबारः विमानस्थलमा स्वागत । लगत्तै एमिरेट्स प्यालेस होटल आबुधाबीमा बास ।

माघ २ आइतबारः बिहान आबुधाबीमा रहेको शेख जायद ग्राण्ड मस्क (मस्जिद) को भ्रमण । दिउँसो नेपाली दूतावास आबुधाबीले आयोजना गरेको भेटघाट तथा नेपाली प्रतिनिधिहरुको उपस्थितिमा अन्तरक्रिया । दिउँसो नै युएईका प्रधानमन्त्री शेख मोहमद विन रासिद अल मोक्तुमसँग दुबईमा भेटघाट । विश्वको अग्लो भवन बुर्ज खलिफाको भ्रमण । बेलुका दुबईमा नेपाली जनप्रगतिशिल मञ्च युएई र नेपाली विजनेस काउन्सिलको आयोजनामा हुने भेटघाट कार्यक्रम ।

माघ ३ सोमबारः अबुधाबीमा रहेको राष्ट्रिय प्रदर्शनी सेण्टरमा सञ्चालन हुने विश्व उर्जा भविष्यबारेको सम्मेलनमा विशेष सम्बोधन गर्ने । युएईका युवराज शेख मोहम्मद बिन जायद बिन सुल्तान अल नह्यानसँग भेटघाट । युएईका सहायक प्रधानमन्त्री शेख मनसुर विन जायद अल नह्यानसँग भेटघाट तथा युएईमा रहेका नेपाली कामदारको पारिश्रमिक र सामाजिक तथा अन्य सुरक्षाको विषयमा छलफल ।

माघ ४ मंगलबारः युएईको समय अनुसार बिहान १० बजेर ५ मिनेटमा स्वदेश फर्कने ।

तपाईको प्रतिक्रिया