Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

तनहुँ – उपराष्ट्रपति नन्दबहादुर पुनले असमझदारी हटाएर संविधान कार्यान्वयनमा लाग्न दलहरुलाई आग्रह गर्नुभएको छ । 

माघे संक्राान्ति पर्वका अवसरमा नेपाल मगर सङ्घ तनहुँद्वारा दमौलीमा आयोजना गरिएको छैठौँ तनहुँ महोत्सवको उद्घाटन गर्दै उहाँले आपसी असमझदारी हटाएर दलहरु संविधान कार्यान्वयनमा जुट्ने विश्वास पनि व्यक्त गर्नुभयो । उपराष्ट्रपति पुनले २०७४ माघ ७ गतेभित्रै तीन वटै तहको निर्वाचन गर्न दलहरु अघि बढनुपर्ने बताउँदै ‘जनआन्दोलन होेस् वा जनयुद्ध होस्’ हरेक आन्दोलनमा मगर समुदायले पुर्‍याएको योगदान राष्ट्रले कहिल्यै बिर्सन नसकिने भन्नुभयो ।

नेपाल बहुजातिक, बहुभाषिक, बहुसाँस्कृतिक मुलुक भएकाले सबै जातजाति, भाषाभाषी एकआपसमा मिलेर बस्नु यहाँको उच्चतम विशेषता हो भन्दै उहाँले निर्वाचनपछि संविधान कार्यान्वयनमा सहयोग पुग्ने र देश समृद्धिको बाटोतर्फ अगाडि बढ्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया