Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – नेपाली काँग्रेसका दुई सांसदले संसदमा टेबल भएको संविधान संशोधनको प्रस्ताव विरुद्ध मतदान गर्ने घोषणा गरेका छन् । 

नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा गुल्मी क्षेत्र नम्बर २ का सांसद एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी र रोल्पा क्षेत्र नम्बर २ का सांसद एवं रोल्पाका पार्टी सभापति अमरसिंह पुनले राष्ट्रियता जोगाउन र नागरिकलाई सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आफ्नै पार्टी सहभागी सरकारले दर्ता गरेको प्रस्तावको विपक्षमा मतदान गर्ने बताउनु भएको हो ।

सांसद भण्डारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई देखाउनका लागि भएपनि संविधान संशोधन प्रस्ताव असफल हुनुपर्ने बताउनुभयो । सांसद अमरसिंह पुनले राष्ट्रिय अखण्डताका लागि संशोधन प्रस्ताव असफल पार्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया