Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ –उपत्यकाका प्रमुख नदी सफाइ गरी ११ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

बागमती सफाइ महाअभियानको एक सय ९२ औँ हप्तामा आज सिनामङ्गलदेखि तिलगङ्गा क्षेत्रमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका समाजशास्त्री पुरुषोत्तम कँडेलले जानकारी दिनुभयो ।

सफाइमा समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको संस्थागत सहभागिता थियो । सफाइको नेतृत्व पूर्व सचिव किशोर थापाले गर्नुभएको थियो ।

तिलगङ्गा महिला समूहले यस क्षेत्रमा सफाइ अभियान सुरु गरेको १०० औँ हप्ता पुगेको अवसरमा आज विशेष कार्यक्रम आयोजना गरियो । कार्यक्रममा सांसद रामेश्वर फुयाँलले बागमतीको मुहानस्थल सुन्दरीजलदेखि नै नियमित सफाइको अभियानलाई निरन्तरता दिइनुपर्ने बताउनुभयो ।

रुद्रमती सफाइको एक सय ५१ औँ हप्तामा आज बूढानीलकण्ठ नगरपालिकाको भङ्गालमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता पुरुषोत्तम कोइरालाले जानकारी दिनुभयो ।

विष्णुमती सफाइको एक सय २४ औँ हप्तामा आज तारकेश्वर नगरपालिकाको महादेव खोलामा सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइसँगै सो क्षेत्रका घर÷घर गई जनचेतना पनि फैल्याइएको अभियानकर्मी विजेन्द्र लामाले बताउनुभयो ।

यसैगरी गुह्येश्वरीमाथिको बागमती नदीमा राम्रो जोरापाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजलगायत संस्थाले सफाइ गरेका छन् ।

तपाईको प्रतिक्रिया