Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – मलेसिया सरकारले दुई हप्ता अघि गरेको निर्णय परिवर्तन गर्दै कामदारलाई नै लेवी तिराउने निर्णय गरेको छ । गएको डिसेम्बर ३१ मा कामदारले तिर्दै आएको मासिक लेवी जनवरि एक देखि रोजगारदातालाई तिराउने निर्णय गरेको थियो ।

तर व्यवसायीको दबाबपछि १५ दिन नबित्दै सरकारले निर्णय फेरेको हो । अव एक वर्षपछि मात्रै यो निर्णय कार्यन्वयन गर्ने बताइएको छ । मलेसियाको अर्थतन्त्रमा असर गर्ने भन्दै निर्णय पुनरबिचार गरिएको मलेसिया यातायातमन्त्री लियो तियोङले  जानकारी दिनुभयो ।

यो निर्णयसँगै कामदारको न्युनतम ज्याला तोक्ने र आवासको गुणस्तर सुधार्ने निर्णय पनि कार्यनवयन नहुने भएको छ ।

तपाईको प्रतिक्रिया