Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

सिन्धुपाल्चोक – थकाली सेवा समिति जापानले सिन्धुपाल्चोक जिल्ला कदम्वास गाविस वडा नम्बर ५ मा रहेको श्री सिंहदेवी प्राथमिक विद्यालयको नवनिर्मित ८ कोठे भवनको अवलोकन तथा निरिक्षण गरेको छ ।

सेवा समिति जापानको तर्फबाट संस्थाका संस्थापक तथा पुर्व अध्यक्ष एवं वर्तमान संरक्षक शरद कुमार गौचनको प्रतिनिधित्वमा रहेको निरिक्षण टोलीको प्रमुख अतिथिको रुपमा शरद कुमार गौचन, भवन निर्माण समन्वय समितिका अध्यक्ष सुवर्ण गौचन, उपाध्यक्ष सिता शेरचन र थसेस केन्द्रका सदस्य उमेश शेरचनको पनि सहभागिता रहेको थियो ।

विद्यालयका तर्फबाट स–साना विद्यार्थीहरुले लामबद्धरुपमा स्वागत गीत गाएर फूलमाला, खादा र अविरले अतिथिहरूलाई स्वागत, सम्मान गरेका थिए । नर्सरी देखी ५ कक्षा सम्मका बिध्यार्थीहरुले नयाँ स्कुल भवनमा सुरक्षितका साथ अध्ययन गर्न पाएकोमा खुशी पनि ब्यक्त गरेका थिए ।

शिक्षक, शिक्षिकाहरु, स्कुल ब्यबस्थापन समितिका पदाधिकारिहरु, अभिभावकहरु, स्थानीय वुद्धीजीवि र स्कुलका छात्रछात्राहरुको डेढ सय हाराहारिको उपस्थितिमा प्रधानाध्यापक हरीचन्द्र खड्काको सभापतित्व र शरद कुमार गौचनको प्रमुख अतिथिको रुपमा कार्यक्रम सम्पन्न भएको थियो ।

सभापति खड्काले महाभुकम्पका कारण विद्यालय चकनाचुर हुँदा पिपलको बोटमुनि बसेर अति नै कष्टकर कक्षा संचालन गर्दाको अनुभव बताउदै थकाली सेवा समिति जापानले केहि महिनामै विद्यालयलाई नवनिर्माण गरि हस्तान्तरण भईसकेपछिको बिध्यार्थी वालवालीका लगायत सिङ्गो गाँउ र राष्ट्रलाई समेत राहत मिलेको कुरा सँगै बिध्यालय र सिङ्गो गाँउकै तर्फबाट हृदय देखी नै धन्यबाद ज्ञापन गर्नुभयो ।

त्यसैगरि प्रमुख अतिथि गौचनले, भुकम्प पश्चात भौतिक रुपमा बिदेशमा रहेता पनि मन मस्तिक्क भने सधै नेपाल र नेपाली संगै रहेको, नेपालमा आईपरेको बिषम परिस्थिति र भयरहित अबस्थालाई संयमितका साथ सामना गर्नको लागि जापानको बिभिन्न स्टेशनमा दुध पिउने बच्चा देखी बयोवृद्धसंग आर्थिक सहयोग रकम संकलन गरेको र यस ध्वस्त स्कुललाई पुननिर्माणमा सहयोग गर्न पाएकोमा खुशी पनि ब्यक्त गर्नु भयो ।

जापानमा आर्थिक संकलन संगै जापानीहरु र अन्य सहयोगी महानुभावहरुबाटको साथ, समर्थन, सदभाव तथा सहयोगी भावना स्वरुप सान्त्वना र हौसलाका शब्दबाट लिखित म्यासेज वोर्डको पनि हस्तान्तरण गर्नुभयो ।

एनपिओ होजिन थकाली सेवा समिति जापानको आर्थिक सहयोग र नेपाल जापान सम्पर्क समितिको सक्रियतामा करिवन १३ लाख रुपैयाको लगानीमा श्री सिंहदेवी प्राथमिक विद्यालयको नवनिर्माण ८ कोठे भवन नेपाल सरकारको नयाँ मापडण्द अनुसार भुकम्प प्रतिरोधात्मक नाप र आधारमा निर्माण गरि हस्तान्तरण समेत गरि हाल स्कुल सुचारु भईसकेको छ ।

तपाईको प्रतिक्रिया