Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

चितवन – चितवनको माडी नगरपालिका–११ खरकट्टामा जंगली हात्तीले आक्रमण गर्दा १२ वर्षिय बालकको ज्यान गएको छ ।  शुक्रवार बिहान २ वजे गाउँमा हात्ती आएको र शाैचालय जान घरबाट निस्कदा हात्ती आक्रमणबाट सागर सुनारको ज्यान गएकाे स्थानीय सोभाखर गौतमले बताउनुभयो ।

सागरका आमा र बुबा रोजगारका लागि भारत गएपछि ठुलीआमासँग बस्दै आएका थिए ।  रातको समयमा शौचालय जाँदा हात्तीले आक्रमण गरेको परिवारले जानकारी दिएका छन् । शौचालय जाँदा सागरलाई हात्तीले उचालेर नजिकैको वनमारा घारीमा फालिदिएको थियो । उनको घटना स्थलमै ज्यान गएको हो ।

निकुञ्जसँग सीमाना जोडिएको वस्ती खरकट्टामा यस अघि पनि हात्तीले दुःख दिँदै आएको थियो । माडीमा मात्रै विगत तीन वर्षमा तीन जनाले ज्यान गुमाएको र ८ जना घाइते भएका छन् । रातको समयमा जंगली हात्ती बस्तीमा आएर आक्रमण गरेपछि स्थानीयले हात्ती धपाएका थिए ।

तपाईको प्रतिक्रिया