Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले चुनाव गराउनै नचाहेको आरोप लगाउनुभएको छ ।

‘चुनाव हुँदैन्, यो सरकारले हल्लामात्रै चलाएको हो’ बिहीबार रिपोर्टर्स क्लब नेपालमा भएको साक्षात्कारमा केसीले प्रश्न गर्नुभयो, ‘कहाँबाट हुन्छ चुनाव ?’ उहाँले सुरुमा सरकारले चैत्र वा वैशाखभित्र चुनाव गराउने दाबी गरेको भएपनि त्यो सम्भावना टरेपछि अब जेठको रटान लगाउन थालेको आरोप लगाउनुभयो । ‘अब हेर्दै जानुहोस् यीनले माघ लागेपछि सक्दैनौं भन्छन् ।’

उहाँले संघीयता नेपालको लागि गलपासो बनेको कुरा आफूले पटक–पटक उठाउँदै आएको स्रमण गर्दै भन्नुभयो, ‘संघीयता नेपालको लागि गलपासो हो, मैले त पहिलेदेखि नै भन्दै आएको छु नि, मैले गाँजा खाएर यसो भनेको थिइन नि, अहिले कहाँबाट हुन्छ चुनाव ?’ उहाँले १९ वर्षसम्म स्थानीय निकायको चुनाव हुन नसक्नुपनि संघीयताको भुतले गर्दा भएको आरोप लगाउनुभयो ।

सरकारले जेठमा चुनाव गर्नेगरी मिति घोषणा गर्छ : खनाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले आगामी जेठको दोस्रो हप्ताभित्रै चुनाव गर्नेगरि सरकारले दश दिनभित्र चुनावको मिति घोषणा गर्ने बताउनुभएको छ ।

‘आजको दश दिनभित्र हामी चुनावको मिति घोषणा गर्छौं, त्यसपछि संशोधन विधेयकलाई पारित गरेर अघि बढ्छौं, राजनीतिक जटिलता संसदमा टेबुल भएको विद्येयक पारित भएपछिमात्रै हल हुन्छ’ उहाँले भन्नुभयो । उहाँले सकेसम्म जेठको पहिलो हप्ताभित्रै चुनाव गर्ने सरकारको तयारी रहेको स्पष्ट पार्नुभयो । खनालले जेठसम्म स्थानीय तहको चुनाव भए मंसिरसम्म दुई वटा निकायको चुनाव एकचौटि गर्न सकिने समेत विश्वास दिलउनुभयो ।

सरकार कहाँ छ ? : महासेठ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रघुविर महासेठले सरकारले संविधान संशोधन विद्येयकको नाममा चुनाव नगर्ने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभयो । महासेठले भन्नुभयो, ‘सरकार कहाँ छ ? नेपालमा हो कि बाहिर छ ?, प्रचण्डजी सही अर्थमा हाम्रो प्रधानमन्त्री हो कि वा कसैबाट निर्देशित हो ?’

उहाँले मधेशी मोर्चालाईपनि विश्वासमा लिनुपर्ने कुरामा कुनै दुई मत नरहेको उल्लेख गर्दै भन्नुभयो, ‘मोर्चालाई विश्वासमा लिनुपर्छ, तर मोर्चा आफैमा एक रुपता वा अडानमा एक देखिँदैन्, दिनुहँ कुराहरु चेन्ज भैरहेका छन्, उहाँहरुपनि निर्देशित हुनुहुन्छ, यो अपवित्र गठबन्धनको सरकार हो ।’

माघको पहिलो हप्तामा निर्वाचनको मिति घोषणा : विश्वकर्मा

सत्तारुढ दल नेपाली काँग्रेसका नेता तथा सांसद मिन विश्वकर्माले माघको पहिलो हप्ताभित्र निर्वाचनको मिति घोषणा गर्ने बताउनुभयो । ‘माघको पहिलो हप्ताभित्रै निर्वाचनको मिति घोषणा गरियो भने निर्वाचन आयोगलेपनि जेठमा चुनाव गराउने कुरामा सहयोग गर्छ’ उहाँले भन्नुभयो । उहाँले संविधान संशोधन भएपछि मात्रै सबै दल चुनावमा जाने वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले चुनावमा सबै दलहरुलाई भाग लिने वातावरण बनाउनको लागि आफ्नो दलले पहल गरिरहेको उल्लेख गर्दै भन्नुभयो, ‘अब यो दल वा त्यो दलले विरोध गर्ने भन्दापनि सबै दलहरु चुनावमा भाग लिनुपर्छ, त्यसको लागि काँग्रेसले पहल गरिरहेको छ, संशोधन विद्येयक पारित भएपछि सबै दलले चुनावमा भाग लिन्छन् ।’

चुनावमा जाने कुराको मोर्चाले विरोध गर्दैन : झा

मधेसी मोर्चाका नेता अनिल झाले चुनावमा जाने कुरामा मोर्चाले विरोध नगर्ने स्पष्ट पार्नुभयो । ‘हामी चुनावको विरोधी होईनौं, संशोधन विधेयक सदनमा टेबुल भएको छ, चुनाव चाहानेले त्यसलाई पारित गराउनुपर्छ’ उहाँले भन्नुभयो ।

उहाँले निर्वाचनको प्रक्रियामा आफूहरुले विरोध नगर्ने जनाउँदै भन्नुभयो, ‘चुनावको नोमिनेशनको नाम बाहिर आउँदासम्म पनि संशोधन विद्येयक पारित भएन भनेमात्रै हामी विरोध गर्दौं, होईन भने हामी विरोध गर्दैनौं ।’ उहाँले देशलाई यत्तिकै रोकेर राख्न नहुने कुरामा आफूहरु सजग रहेको समेत विश्वास दिलाउनुभयो ।

तपाईको प्रतिक्रिया