Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – वरिष्ठ पत्रकार मणिराज उपाध्यायको निधन भएको छ । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहनुभएका पत्रकार उपाध्यायको ९४ वर्षको उमेरमा बुधबार राती निधन भएको हो । 

गंगालाल अस्पतालमा एक वर्षदेखि उपचाररत उहाँको उपचारकै क्रममा निधन भएको हो । उपाध्यायको बिहीबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने नेपाल पत्रकार महासंघले जनाएको छ ।

उहाँले तत्कालीन पत्रकार संघमा २०४३ देखि २०४६ सालसम्म सभापतिको हैसियतमा नेतृत्व प्रदान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया