Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

धनगढी – सुदुरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम क्वाटरफाइनलमा सङ्कटा क्लब काठमाडौँले विभागीय टोली नेपाली सेनालाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

सङ्कटाको जितमा खेलको १६ औँ मिनेटमा सङ्कटाका मार्टिन एजीले पहिलो गोल गरेका थिए । त्यस्तै २५ औँ मिनेटमा पनि उहाँले नै दोस्रो गोल गर्दै सङ्कटालाई शुन्य बिरुद्ध दुईले अग्रता दिलाए ।

पहिलो हाफमा दुई गोलले अगाडि रहेको सङ्कटालाई दोस्रो हाफको ६१ औं मिनेटमा सेनाका टङ्क बुढाथोकीले गोल गरें । यो संगै सेनाका टोलीलाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै सङ्कटा क्लबले सेमिफाइनलमा प्रवेश गरेको हो । सुदुरपश्चिम ११ फुटवल क्लबको आयोजनामा पुस २१ गतेदेखि भइरहेको प्रतियोगिताअन्तर्गत बिहीबार पहिलो सेमिफाइनल हुनेछ ।

बिहीबार हुने पहिलो सेमीफाइनलमा भारतको दिल्ली युनाइटेड र काठमाडाैँ को मनाङ मस्र्याङ्दी प्रतिस्पर्धा गर्नेछन् । शुक्रबारको दोस्रो सेमिफाइनलमा आयोजक सुदुरपश्चिम ११ र सङ्कटाबीच खेल हुनेछ ।

तपाईको प्रतिक्रिया