Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – नेपाल सरकारले अफगानिस्तानको विभिन्न भागमा गत मङ्गलबार भएको बर्बर र अमानवीय बम आक्रमणको घटना र गत आइतबार पूर्वी जेरुसलममा भएको सवारी आक्रमणको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै अफगानिस्तानको विभिन्न भागमा भएको बम आक्रमणमा परी संयुक्त अरब इटिरेट्स(युयई)का अधिकारीहरु र अन्य र्निदोष नागरिकको मृत्यु भई ठूलो क्षति पुगेकामा दुःख व्यक्त गरेको छ । नेपाल सरकारले यस दुःखद घडीमा अफगानी सरकार र त्यहाँका जनतालाई तथा बम बिस्फोटमा परी मृत्यु भएका युयइका नागरिकका आफन्तप्रति समवेदना प्रकट गरेको छ ।

यसैगरी गत आइतबार पूर्वी जेरुसलममा भएको सवारी आक्रमणमा परी चार इजरायली नागरिकको मृत्यु भएको तथा अन्य नागरिक घाइते भएको घटनामा नेपाल सरकारले दुःख व्यक्त गरेको छ । जुनसुकै प्रकारको आतङ्कवादलाई दण्डित र अन्त्य गरिनुपर्ने नेपाल सरकारको मान्यता रहेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारले इजरायली सरकार र घटनामा मृत्यु भएका परिवारप्रति पनि गहिरो समवेदना र सहानुभूति प्रकट गरेको छ ।

तपाईको प्रतिक्रिया