Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

कास्की – कास्कीको लेखनाथ ८ सिसुवास्थित एक घरमा ग्यास सिलिन्डर पड्किँदा ५ जना घाइते भएका छन् ।
सरस्वती अधिकारीको घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर पड्किएको हो । घाइते भएकामध्ये रुदु थापा र बसन्धरी पौडेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
अरु तीन जनाको अवस्था भने सामान्य रहेको जनाइएको छ । उनीहरुको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । ग्यास सिलिन्डर के कारणले पड्कियो भन्ने विषय भने खुल्न आएको छैन ।

तपाईको प्रतिक्रिया