Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – आज पुस २७ अर्थात नेपाल एकीकरण गर्ने तत्कालिन राजा पृथ्वीनारायण शाहको जन्म जयन्ती । सरकारी स्तरबाट पृथ्वी जयन्तीको कुनै कार्यक्रम नगरिएपनि विभिन्न राजनीतिक दल र दल सम्बद्ध संगठनहरु तथा निजी क्षेत्रको पहलमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । 

२००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२/०६३ सालको जनआन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको थियो । केही वर्षदेखि पुस २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनुपर्ने आवाज उठेपनि सरकारले यस बिषयमा निर्णय गर्न भने सकेको छैन । पृथ्वीनारायणको शासनकालमा नेपाल ५४ टुक्रामा विभाजित थियो । जसमध्ये बाइसे कर्णाली र चौविसे राज्य गण्डकी प्रदेशमा थिए ।

लिच्छवीकालमा पनि नेपाल अहिलेकै जस्तो ठूलो रहेको इतिहासमा पाइन्छ । टुक्राटुक्रामा विभक्त नेपाललाई पृथ्वीनारायण शाह गोरखाबाट पूर्वतर्फ अघि बढेर एकीकरणको अभियान सुरु गर्नुभएको थियो । एकीकरण अभियानसँगै पृथ्वीनारायण शाहको दिव्योपदेशलाई सबैले स्मरण गर्छन् । उहाँको दिव्योपदेश आधुनिक नेपालका लागि उत्तिकै सान्दर्भिक र प्रेरणादायी छ ।

आज सार्वजनिक बिदा दिने विषयमा मन्त्रिपरिषदमा समेत छलफल भएपनि सरकारले बिदा भने दिएन।

तपाईको प्रतिक्रिया